Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


मोर्चालाई पनि सँगै लिएर अघि बढ्न जरुरी : मन्त्री केसी


0
Shares

पोखरा, असोज १६ । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्रमुख तीन दलले मधेशी मोर्चालाई पनि सँगै लिएर अघि बढेमात्रै संविधान कार्यान्वयन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा गरेकोे पत्रकार भेटघाट कार्यक्रममा मन्त्री केसीले दलहरु आपसमा कुनै आग्रह–पूर्वाग्रह नराखी तिक्तता मेट्दै सहमति र सहकार्यका साथ अघि बढ्नु पर्नेमा जोड दिए ।

सहमति निर्माणमा सरकार गम्भीर रुपमा लागेको दाबी गर्दै उनले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्रप्रति सबै दल चनाखो हुनुपर्नेमा जोड दिए ।