भक्तपुर, असोज १६ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संविधानप्रति असन्तुष्टि जनाउँदै आएकाहरुको माग पूरा नगरे निर्वाचन सम्भव नहुने दाबी गरेकी छन् ।
संविधान कार्यान्वयनका लागि आगामी वर्ष माग ७ भित्र तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको औंल्याउँदै उनले यसका लागि संविधानप्रति असन्तुष्ट रहेका दलहरुलाई सहमतिमा ल्याएर निर्वाचन गराउने वातावरण तयार पार्न सरकार जुटेको बताइन् ।
आइतबार रफत संचार क्लवले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहको पुनर्संरचना विगतकै इलाका र नगरपालिकलाई आधार मानेर कार्तिकसम्ममा गर्ने तयारी भईरहेको बताइन् ।
संविधान संशोधनको प्रस्ताव दशैं र तिहारको बीचमा सरकारले संसदमा पेश गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिइन् ।





प्रतिक्रिया दिनुहोस्