काठमाडौं, चैत २२ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले बारा र पर्साका हावाहुरीबाट प्रभावितलाई राहत उपलब्ध गराउने भएको छ ।
टानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कतिपयले राहतसम्म पाउन नसकेको सन्चारमाध्यममा गुनासो गरेकाले राहत पाउनबाट बन्चित समुदायमा राहत लैजाने निर्णय गरेको जनाएको छ ।
टानले सरकारी निकायसँग समन्वय गरी पीडितहरुसम्म राहत पुर्याउने जनाएको छ ।
टानका अध्यक्ष नवराज दाहालले टानले मेगा बैंकमा खाता खोली इच्छुक व्यवसायीलाई सहयोग गर्न आग्रह गरेको बताए ।
संकलित रकम एक हप्ताभित्र हावाहुरी प्रभावित क्षेत्रमा पुर्याइनेछ ।
एक हप्ताअगाडि आएको भीषण हावाहुरीबाट बारा र पर्सामा ठूलो जनधनको क्षति भएको थियो ।









प्रतिक्रिया दिनुहोस्