Logo २४ कार्तिक २०८३, मंगलबार | Wed, Nov 11, 2026


भारतविरुद्ध सुरुङ खन्ने दाहालले नै सबैभन्दा ठूलो राष्ट्रघात गरे : गजुरेल


0
Shares

काठमाडौं, असोज २१ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणकाक्रममा राष्ट्रघात गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय एकता तथा पृथ्वी विचार अभियानले शुक्रबार राजधानीमा आयोजना गरेको छलफलमा उनले ‘भारतविरुद्ध सुरुङ खन्ने दाहालले नै सबैभन्दा ठूलो राष्ट्रघात गरेको’ टिप्पणी गरे ।

‘दाहालको भारत भ्रमणकाक्रममा जारी २५ बुँदे संयुक्त वक्तव्यले नेपालको राष्ट्रिय स्वाधीनता जोखिममा पारेको’ भन्दै गजुरेलले २५ बुँदेको प्रतिवाद नगरे देश सिक्किमीकरण हुने खतरा रहेको जिकिर गरे ।

Skip This