काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले देशको विकासमा विदेशी लगानीले थप सहजीकरण गर्न सक्ने बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेनहरुको संस्था (आईक्यान) ले गरेको साफा ईन्टरनेसनल कन्फरेन्सको आज काठमाडौंमा उद्घाटनका क्रममा अर्थमन्त्री डा. खतिवडाले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न वैदेशिक लगानी आवश्यक भएको बताएका हुन् ।
उनले हालै सम्पन्न लगानी सम्मेलनले पनि सकारात्मक सन्देश दिएको बताए ।
लगानीकर्ताहरुको संरक्षण तथा विदेशी लगानी भित्र्याउन सरकारले कानुनी सुधार गरेको जानकारी दिँदै अर्थमन्त्री डा. खतिवडाले लगानीको थप वातावरण बनाउन एकल बिन्दू सेवा केन्द्र सञ्चालन गर्न लागिएको बताए ।
उनले पुँजी बजारको विस्तारका लागि भने दक्षिण एसिया पछि परेकाले बैंकिङ र बिमा क्षेत्रजस्तै पुँजी बजारमा पनि वैदेशिक लगानी खुला गरिनु आवश्यक भएको स्पष्ट पारे ।
सम्मेलनमा दक्षिण एसियाली मुलुकका चार्टर्ड एकाउन्टेन्सीसम्बन्धी विभिन्न विज्ञ सहभागी छन् ।









प्रतिक्रिया दिनुहोस्