Logo २४ कार्तिक २०८३, मंगलबार | Wed, Nov 11, 2026


सबै निर्वाचनमा कांग्रेसको बहुमत आउनुपर्छ, तयारीमा जुट्नोस् : देउवा


0
Shares

                                                            फाइल फोटो

भक्तपुर, असोज २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताएका छन् ।

नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले भने–‘संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद एवं प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शंका गर्नु पर्दैन, यो जिम्मेवारीलाई नेपाली कांग्रेसले पूरा गर्छ ।’

उनले देशको समृद्धिका लागि सबै निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै निर्वाचनको तयारीमा जुट्न कांग्रेस कार्यकर्तालाई निर्देशन पनि दिए ।

सो अवसरमा सांसदद्वय रामेश्वर ढुंगेल र डा. मनमोहन भट्टराई, नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेविसंघ अध्यक्ष नैनसिंह महर, नेपाली कांग्रेस मध्यपुर सभापति सुरेन्द्र श्रेष्ठलगायतले समयमै निर्वाचन सम्पन्न गरेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा २०४२ सालमा कांग्रेसले सुरु गरेको सत्याग्रह आन्दोलनमा मध्यपुरथिमि क्षेत्रबाट सहभागी भएर सत्याग्रह गर्ने २७ जना कांग्रेस सदस्यलाई देउवाले सम्मानपत्रद्वारा सम्मान गरेका थिए । रासस

Skip This