Logo २४ कार्तिक २०८३, मंगलबार | Wed, Nov 11, 2026


दसैंकोबेलामा कसैलाई गाली गर्न चाहन्नँ : ओली


0
Shares

                                                          फाइल फोटो

भक्तपुर, असोज २२ । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुंग्याउनुपर्ने बताएका छन् ।

शनिबार भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रेस चौतारी नेपालको संयोजनमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने–‘अहिलेको संक्रमणकालीन अवस्था अब हट्नुपर्छ, संविधानको कार्यान्वयनमा सानातिना समस्या छन् भने त्यसको समाधान गरेर संविधान कार्यान्वयनको जिम्मेवारी अब पूरा गर्नुपर्छ ।’

देशलाई अब आर्थिक समृद्धि र विकासतर्फ लैजानुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले समयसीमाभित्रै निर्वाचनलगायतका सबै काम टुंगिनेमा आफू विश्वस्त रहेको बताए ।

उनले संविधान कार्यान्वयनमा केही अप्ठ्यारा नभएको दाबी गर्दै टुंगोमा पुर्‍याउन नसकिने कुनैपनि अप्ठ्याराहरु नभएको उल्लेख गरे ।

दसैंकोबेलामा कसैलाई गाली गर्न वा कसैको प्रशंसा गर्न नचाहेको टिप्पणी गर्दै उनले भने–‘यो दसैंको बेलामा म कुनै भल छोप्न चाहन्न, कसैको विरोध गर्ने र कसैको समर्थन गर्ने, कसैको पक्षमा उभिने र कसैलाई विपक्षमा राख्न चाहन्नँ, सबैलाई मेरो शुभकामना छ ।’ रासस

Skip This