२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


भारत र चीनलाई शान्तिपूर्णरुपमा विवाद सुल्झाउन नेपालको सुझाव


0
Shares

Foreign ministry nepal

काठमाडौं, असार ६ । नेपालले भारत र चीनबीच पछिल्लो समय चुलिएको विवादलाई शान्तिपूर्णरुपमा सुल्झाउन सुझाव दिएको छ ।

गएको सोमबार भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको झडपपछि पहिलो औपचारिक प्रतिक्रिया जनाउँदै नेपालले विवाद शान्तिपूर्ण उपायबाट सुल्झाउन सुझाव दिएको हो ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुईपक्षीय, क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त रहेको उल्लेख गरेको छ ।