काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका सभापाति शेरबहादुर देउवाले संविधान कार्यान्वयन दलहरुबीचको सहमतिबाटै हुने विश्वास व्यक्त गरेका छन् ।
आफ्नै निवास बुढानिलकन्ठमा सोमबार हामीसँग कुरा गर्दै उनले संविधान कार्यान्वयनका लागि दलहरुबीच छलफल भइरहेको र दसैंलगत्तै छलफललाई तीव्रता दिने पनि बताए ।
संविधान कार्यान्वयनका लागि दलहरुबीचको एकता आवश्यक रहेको भन्दै उनले आफूले दलहरुबीचको एकताको लागि प्रयास गरिरहेको पनि जानकारी दिए ।
मधेसी दलहरुका असन्तुष्टिहरुलाई समाधान गर्न आवश्यक रहेको भन्दै देउवाले ठूलो पार्टीका हैसियतले कांग्रेसले नेतृत्व लिने पनि बताए ।
उनले दसैंलगत्तै सरकारले पूर्णता पाउने पनि बताए ।









प्रतिक्रिया दिनुहोस्