Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


दसैं मनाएर फर्कंदै गरेका यात्रुहरु बसपार्कमै बस नपाउँदा बिचल्लीमा (भिडियो रिपोर्ट)


0
Shares

राजु चौधरी (इमेज)
चितवन, असोजन २९ । बडादसैं मनाएर राजधानी फर्कन लागेका यात्रुहरु सवारी–साधन नपाउँदा बिचल्लीमा परेका छन् ।

चितवनबाट दसैं मनाएर फर्कंदै गरेकाहरु बसपार्कमै बस नपाउँदा बिचल्लीमा परेका हुन् ।

दसैं मनाउन चितवन आएका हजारौं यात्रु अहिले काठमाडौं फर्कने हतारोमा छन् । तर, बस नपाउँदा उनीहरुको बिचल्ली भएको छ ।

नाराणगढ बसपार्कमा बिहानैदेखि बस कुरेर बस्दा पनि बस नपाउँदा उनीहरुको बिचल्ली भएको हो । बसपार्कमा बिहानैदेखि यात्रुहरुको भीड लाग्ने गरेको छ ।

धेरैजसो गाडी गाउँ–गाउँबाट छुट्न थालेपछि बसपार्कमै गएर बस चढ्ने यात्रु बढी मर्कामा परेका छन् ।

नियमितजसो चल्ने गाडी चल्दा पनि अहिले दसैंको चापले गर्दा यात्रुलाई बढी समस्या भएको नारायणी यातायात व्यवसायी संघका कर्मचारी केशबहादुर थापा बताउँछन् ।

चितवनबाट काठमाडौं गएका बस लगत्तै चितवन नफर्कंदा र यात्रुको चाप बढी हुँदा अहिले यो समस्या देखिएको हो ।

काठमाडौंबाट फर्कंदा सिट खालीजस्तै अवस्थामा आउनुपर्ने भएकाले पनि धेरैजसो गाडी फर्किएका छैनन् ।

शनिबार बिहानसम्ममा मात्रै चितवनबाट करिव डेढ सय बस काठमाडौं भित्रिएका छन् । तर, पनि यात्रुको चाप उस्तै छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।