काठमाडौं, असोज ३० । राजनीतिक विश्लेषक एवं पत्रकार नारद वाग्ले नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमन्डल चीनको साताव्यापी भ्रमणमा आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रतिनिधिमन्डलमा पत्रकारसहित विभिन्न राजनीति दलका भ्रातृसंगठनका सदस्य सहभागी छन् ।
चाइना डेभलपमेन्ट फोरमको निमन्त्रणामा चीन भ्रमणमा रहेको उक्त टोलीले सिचुवान प्रान्तको छेन्दुमा आयोजना हुने ‘नेपालमा दिगो विकास’ विषयको कार्यशालामा भाग लिने टोली नेता वाग्लेले राससलाई बताए ।
नेपाली टोलीले कार्यशालामा कार्यपत्रसमेत प्रस्तुत् गर्नेछ ।
प्रतिनिधिमन्डलमा नेकपा एमाले केन्द्रीय सदस्य हिक्मत कार्की, गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल, पत्रकार महेश्वर दाहाल, राजेश अहिराज, संकेत कोइरालालगायत छन् । रासस









प्रतिक्रिया दिनुहोस्