काठमाडौं, असोज ३० । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मुलुक आन्तरिकरुपमा बलियो नभइ विदेशी राष्ट्र प्रमुखहरुसँगको भेटघाटले कुनै अर्थ नराख्ने बताएका छन् ।
आइतबार काठमाडौंमा गरिएको एक साक्षात्कारमा पूर्वअर्थमन्त्रीसमेत रहेका डा. महतले नेपालका लागि ‘ब्रिक्स’ सम्मेलनको उपयोगिता केवल पाँच शक्ति राष्ट्रका प्रमुखहरुसँगको भेटघाटमात्रै रहेको बताए ।
उनले ब्रिक्स सम्मेलन चीन, भारतलगायत शक्ति राष्ट्रका प्रमुखसँगको भेटघाटका लागि उपयुक्त अवसर भएपनि आफ्नो आन्तरिक समस्या समाधान नभइ र संविधानको सफल कार्यान्वयन गर्न नसकेसम्म यस्ता भेटघाट औचित्यहीन हुने बताए ।
नेता डा. महतले संविधान कार्यान्वयनका लागि सबै दल एकठाउँमा उभिनुको विकल्प नभएको पनि बताए ।









प्रतिक्रिया दिनुहोस्