Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संसद बैठकमा सांसदहरुको चर्को आपत्ति, ‘हिन्दी भाषाले किन प्राथमिकता पायो ?’ (भिडियोसहित)


0
Shares

काठमाडौं, असोज ३० । सरकारले विदेश नीतिलाई हल्कारुपमा लिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

दसैंपछि आइतबार बसेको व्यवस्थापिका–संसद बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दलका सांसदहरुले विदेश नीति असन्तुलित भएको भन्दै आपत्ति जनाएका हुन् ।

एमालेका सांसद राजन भट्टराईले ‘भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने भनिएपनि त्यसो नभएको भन्दै विदेशी नीति सन्तुलित बनाएका छौं कि छैनौं ?’ भन्दै प्रश्न गरे ।

यस्तै, नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले पनि देशको हितमा परराष्ट्रनीति बनाउन नसकेको भन्दै सरकारको आलोचना गरिन् ।

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सिंहदरबारदेखि संसद बैठकसम्म हिन्दीमोह देखिएको भन्दै आपत्ति जनाए ।

उनले हिन्दी भाषालाई संविधानको अनुसूचीमा राख्नुपर्ने विषयले किन प्राथमिकता पायो ? भन्दै प्रश्न गरे ।

बैठकको शून्य समयमा सांसदहरुले सडक विस्तार, उपत्यकाको ट्राफिक व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति, डा. गोविन्द केसीका मागलगायतको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

भिडियो हेर्नुहोस्

 

Skip This