काठमाडौं, कात्तिक १ । एभरेष्ट बैंक स्थापनाको २३औं वर्षमा प्रवेश गरेको छ ।
एभरेष्ट बैंकले सोमबार आफ्नो २२औं वार्षिकोत्सवका अवसरमा राजधानीमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
वरिष्ठ चिकित्सकको सहयोगमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा सर्वसाधारणलगायत बैंकका पदाधिकारीको उल्लेख्य सहभागिता रहेको थियो ।
वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् निःशुल्क स्थास्थ्य शिविर आयोजना गरिएको बैंकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्