Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘सुन्तला सिटी’ का घरहरु धमाधम सुन्तला रङमै सजिदैं


0
Shares

धनकुटा, कात्तिक २ । सुन्तलाका लागि प्रख्यात धनकुटालाई सुन्तला सिटीको रुपमा विकास गरिने भएको छ ।

सो अवधारणाअनुसार बजार क्षेत्रका प्रत्येक घरमा सुन्तला रङ लगाउन सुरु गरिएको हो । पहिलो चरणमा धनकुटा नगरपालिका–५ माथिल्लो कोप्चे टोलबस्तीका ८३ घरमा सुन्तला रङ लगाइएको छ ।

धनकुटा खोकुमा उत्पादित सुन्तलाको प्रचार गरी धनकुटालाई चिनाउन यो अभियान थालिएको स्थानीयले बताएका छन् । असोजको पहिलो हप्ताबाट सुरु गरिएको यो अभियान तिहारपछि सबैसँग छलफल गरेर नगरका अन्य क्षेत्रमा समेत सञ्चालन गरिने बताइएको छ ।