उदयपुर, कात्तिक २ । यस वर्ष उदयपुरमा धानको उत्पादन बढ्ने भएको छ ।
समयमै वर्षा भएपछि बेलैमा रोपाईं भएका कारण उत्पादन राम्रो हुने आशामा किसान उत्साहित भएका छन् । त्यसैगरी धानबालीमा यो वर्ष रोगकिराको प्रकोपसमेत देखिएको छैन ।
अघिल्ला वर्षहरुमा खडेरी र रोगका कारण उत्पादनमा कमी हुँदै आएको थियो ।
उदयपुरमा धान उत्पादनका लागि नेपालटार, त्रियुगा नगरपालिका, रामपुर, तपेश्वरी, हडिया, बसाहालाई पकेट क्षेत्रको रुपमा लिने गरिन्छ । जिल्लाको ११ हजार १ सय ५० हेक्टरमा धान खेती गरिँदै आएको छ ।





प्रतिक्रिया दिनुहोस्