धनकुटा, कात्तिक ३ । तिहारमा बिक्री गर्न भन्दै लगाइएको फूल समयअगावै फूलेपछि धनकुटाका किसान मारमा परेका छन् ।
तिहारको समयमा मात्र बिक्री हुने गरेको फुल अहिले नै फुलेर खेर जाने भएपछि धनकुटाका पुष्प कृषक मारमा परेका हुन् ।
वारीमा रोपिएको फूल ५० प्रतिशतभन्दा बढी फूलिसकेको छ । यो फूल तिहारका लागि काम नलाग्ने भएको छ ।
धनकुटा तथा पाख्रिवास नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका सयौं कृषकले तिहारलाई लक्षित गरी फूल खेती गरेका छन् ।
धनकुटामा सयपत्री, गुजमुजेलगायतका फूलको खेती हुने गरेको छ । यहाँ उत्पादित फूल धरान, ईटहरी, विराटनगरसहित पूर्वका विभिन्न बजारसम्म बिक्रीका लागि पुर्याइने गरेको छ ।





प्रतिक्रिया दिनुहोस्