दीपक श्रेष्ठ र योगेश लामा (इमेज)
काठमाडौं, चैत १९ । राजधानीमा सार्वजनिक यातायातको अवस्था दयनीय छ ।
वर्षाैंदेखि यातायात व्यावसायीहरुको मनोमानीमा सार्वजनिक यातायात चलिरहेको छ ।
त्यसमाथि अधिकांश रुटमा साना सवारी–साधनमात्रै चल्ने भएकाले यात्रीहरुले सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हुँदा पनि नियामक निकाय भने कानमा तेल हालेर बसेको छ ।
उपत्यकाको चक्रपथभित्रको सहरी क्षेत्रमा ठूला सार्वजनिक यातायात नगन्य मात्रामा रहेका छन् ।
वर्षाैंदेखि माइक्रो र टेम्पोकै भरका चक्रपथभित्रको दैनिकी धकेलिइरहेको छ । जसको सास्ती महानगरवासीहरुले व्यहोर्दै आएका छन् ।
उपत्यकाभित्र कुन–कुन रुटमा कतिओटा सवारी–साधन चल्छन् भन्ने तथ्यांक न यातायात व्यवस्था विभागसँग छ, न त यातायात व्यवसायीका समितिहरुसँग नै ।
यातायात व्यवसायी समिति राष्ट्रिय महासंघकाअनुसार वाग्मती अञ्चलभित्रमात्रै ९२ ओटा समिति आवद्ध छन् । तर, यी समितिभित्र कतिओटा सवारी–साधन सन्चालनमा छन् भन्नेसम्म तथ्यांक छैन ।
यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले सडक साँघुरो भएका कारण चक्रपथभित्र ठूला बस चलाउन दिन समस्या भएको तर्क गर्छन् ।
उनकाअनुसार काठमाडौंमा सन्चालनमा रहेका ३०० ओटा रुटलाई अहिले घटाएर ७० ओटामा झारिएको छ भने साना र ठूला गाडीको रुट अलग–अलग गर्ने तयारी भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्