Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


निकुञ्जभित्र पुनः होटल सन्चालन गर्न दिने तयारी गर्दै वन मन्त्रालय


0
Shares

काठमाडौं, कात्तिक ३ । वन तथा भू–संरक्षण मन्त्रालयले राष्ट्रिय निकुञ्जभित्र पुनः होटल सन्चालन गर्न दिने तयारी गरेको छ ।

वन क्षेत्रको सुदृढिकरण र विकासका लागि मन्त्रालयबाट स्वीकृत भएको कार्यक्रम कार्यान्वयन निर्देशन दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शंकर भण्डारीले निकुञ्जभित्र पुनः होटल सन्चालन गर्न दिन सकिने बताए ।

उनले राज्यको हितमा र रोजगारी बृद्धि हुने सुनिश्चित भए निकुञ्जभित्र होटल सन्चालन गर्न दिन सकिने बताए ।

मन्त्री भण्डारीले वन अतिक्रमणमा राजनीतिक संरक्षण भएको पनि बताए ।

उनले वनको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिँदै मन्त्रालयले स्वीकृत गरेको कार्ययोजना तोकिएको अवधिमा सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए ।

मन्त्रालयले भूकम्पपीडितलाई घर बनाउन आवश्यक काठ दिने गरी प्राथमिकतामा राखेको जनाएको छ ।

मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले भूकम्पपीडितलाई प्राथमिकताका साथ काठ दिइने बताए ।

उनले भूकम्पप्रभावितहरुले आवश्यक काठ खरिद गर्न ४२५४३०५ नम्बरमा फोन गरेर जानकारी लिनसक्ने पनि बताए ।