काठमाडौं, चैत १९ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडा ‘रेट्रोफिटिङ’ गर्ने निर्णय गरेको छ ।
प्राधिकरणको विज्ञ टोलीले तयार पारेको अध्ययन प्रतिवेदनले भूकम्पले क्षति गरेको पश्चिमी मोहडाको पुनःनिर्माण नभइ रेट्रोफिटिङ गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले मंगलबार सिंहदरबार र पुरानो संसद भवन पुनःनिर्माणको प्रगतिबारे जानकारी लिन बोलाएको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पश्चिम मोहडालाइ रेट्रोफिटिङ गर्ने निष्कर्षमा पुगेको जानकारी दिए ।
ज्ञवालीले सिंहदरबारको मुख्य भवनको रेट्रोफिटिङको काम आगामी वैशाख १५ गतेबाट सुरु गर्नेगरी टेन्डर आह्वान गरिसक्ने जानकारी दिए ।
यस्तै, ज्ञवालीले सिंहदरबारभित्र रहेको पुरानो संसद भवनलाई पनि पुनःनिर्माण गर्नेभन्दा रेट्रोफिटिङ गर्नेबारे अध्ययन भइरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्