Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


हावाहुरी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड दिने


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, चैत १९ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नम्बर–२ का हावाहुरीबाट प्रभावितहरुको सहयोगका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले बारा, पर्सामा हावाहुरीबाट घाइते भएका तथा विस्थापित भएकाहरुको सहयोगका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

घोषणा गरिएको सो धनराशी प्रदेश नम्बर–२ को राहत कोषमा जम्मा गरिने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको बैठकले हावाहुरीका कारण प्रदेश–२ मा भएको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ ।