Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


चिचिलामा ‘मकालु हिरक महोत्सव’ हुने


0
Shares

काठमाडौं, कात्तिक ६ । विश्वको पाँचौ अग्लो मकालु हिमाल आरोहण यात्राको ६० वर्ष पुगेको अवसरमा संखुवासभाको चिचिलामा ‘मकालु हिरक महोत्सव’ हुने भएको छ ।

हिरक महोत्सव मूल आयोजक समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरी मकालु हिमालमा मानव पाईला टेकेको ६० वर्ष पुगेको अवसरमा महोत्सव गर्न लागिएको जनाएको हो ।

आगामी मंसिर ५ र ६ गते चिचिलामा महोत्सव हुने छ । महोत्सव मूल आयोजक समितिका अध्यक्ष मिङ्मा शेर्पाले पर्यटन क्षेत्र मुलकको आर्थिक समृद्धिको मुख्य आधार भएकाले महोत्सव गर्न लागिएको जानकारी दिए ।

संखुवासभाका सांसद तारामान गुरुङ, दिपक खड्का र बेदमायाँ भण्डारीले पर्यटन क्षेत्रको मुख्य मेरुदण्डको रुपमा रहेको हिमाल आरोहणबाट मुलुकको आर्थिक विकास सम्भव हुने भएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई केन्द्रीत गरेर महोत्सव गर्न लागिएको बताए ।

महोत्सवको अवसरमा मकालु हिमाल आरोहण गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम छ । २ सय बढी स्टल राखिने महोत्सव १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।