Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


प्रधानमन्त्री कार्कीकाे ओलीप्रति टिप्पणीः ‘मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने हैन, कानून बमाेजिम हुन्छ’

राजनीति दलको गीत गाएर मात्रै देशको उन्नति हुँदैन

2.6k
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताउनुभएको छ।

सिंहदरबारमा साेमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताउनुभयो । रातारात सबै कुरा नहुनेबताउदै उहाँले क्रमशः सरकारले काम गरिरहेको समेत बताउनुभएकाे छ। नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानून हुने बताउदै उहाँले मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने कुरा नभएको बताउनुभयो।

प्रधानमन्त्री कार्कीले आफूहरु कानूनका ज्ञाता भएकाले कानून अनुसार अघि बढ्ने बताउनुभएकाे छ। आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको उहाँकाे दावी छ।

प्रधानमन्त्री कार्कीले देशको लागि सबै मिलेर काम गर्नुपर्नेमा जाेड दिनसभयाे।