३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


चीनमा आगलागीमा परी ३० जनाको मृत्यु


0
Shares

काठमाडौं । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ ।

दक्षिणी चीनको सिचुआन प्रान्तमा भएको आगलागीमा मृत्यु भएका तीस मध्ये २७ जना अग्नी नियन्त्रक भएको बताइएको छ ।

आगो निभाउन गएका तीन स्थानीय बासिन्दा सम्पर्कमा नआएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ । आइतवार राती अचानक हावाहुरी आएपछि आगलागी भएको थियो ।

आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ को उद्धार गरेका छन् । घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र हो ।

अग्नी नियन्त्रकहरु अझै पनि घटनास्थलमा सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।(एजेन्सी)