Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


भारतीय काँग्रेस सम्बद्ध ६ सय बढी फेसबुक पेज तथा एकाउन्ट बन्द


0
Shares

काठमाडौं । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले भारतमा प्रमुख प्रतिपक्षी भारतीय काँग्रेस सम्बद्ध विभिन्न ६ सय ८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको जनाएको छ ।

फेसबुकले आफ्नो कानून उल्लंघ्न गरेको भन्दै काँग्रेस आई सम्बद्ध ती पेजहरू हटाएको हो ।

भारतमा यही अप्रिल ११ गतेदेखि १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होचाउने, गाली गर्ने र झूट्टा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएको भेटिएपछि उक्त पेजहरू हटाइएको फेसबुकको दावी छ ।

फेसबुक कम्पनीले जारी गरेको वक्तव्यमा अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियमलाई उल्लङ्घन भएको निष्कर्षसहित उक्त दल आवद्ध मानिएका पेज, ग्रुप तथा एकाउन्टहरूलाई कम्पनीले हटाएको उल्लेख गरिएको छ ।

विश्वव्यापीरूपमा फैलिएको सामाजिक सञ्जाल फेसबुकमाथि भारत सरकार लगायत विश्वका सरकारी अधिकारीद्वारा फेसबुकको दुरूपयोग गरी राजनीतिक फाइदा उठाउने वा गलत सूचना फैलाउने काम नभएको प्रत्याभूत गर्न दवाव दिँदै आएका खबरहरू आउने गरेका छन् ।(एजेन्सी)