काठमाडौं, चैत १८ । सन्राइज बैंक तथा डलर स्मार्ट ग्लोबलबीच विप्रेषण सेवासम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता अनलाइन रेमिट्यान्स प्रणालीको भएको हुँदा अष्ट्रेलिया र हङकङमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने बैंकको विश्वास छ ।
यसरी डलर स्मार्टमार्फत् पैसा पठाउँदा कुनैपनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय दरमा रकम पठाउन सकिने जनाइएको छ ।
हाल यो सुविधा अष्ट्रेलिया र हङकङमामात्र रहेको र आउने दिनहरुमा डलर स्मार्टको शाखा विस्तारसहित अन्य मुलुकहरुमासमेत सेवा विस्तार गरिने बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्