काठमाडौं, चैत १८ । आइतबार ओरालो लागेको सेयरबजारमा सोमबार भने सुधार देखिएको छ ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ६ अंक बराबरले बढेर ११ सय ५० अंक पुगेको छ ।
यसदिन कारोबार रकममा पनि केही सुधार आयो । उत्पादनमूलक र अन्यबाहेक अरु समूह सकारात्मक रहे ।
होटल समूहमा सबैभन्दा उच्च ३३ अंकको वृद्धि आयो । निर्जीवन बिमा समूहमा पनि २९ अंकको सुधार आयो । वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सकारात्मक रहँदा अरु भने सामान्य अंकले हरियो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीका १२ लाख ६५ हजार कित्ता सेयर ३५ करोड २८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्