Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


हावाहुरी प्रभावितको सहयोगार्थ महासंघद्वारा ५० लाखको राहत घोषणा


0
Shares

काठमाडौं, चैत १८ । बारा र पर्सा जिल्लामा हावाहुरी प्रभावित जनताको सहयोगार्थ नेपाल उद्योग वाणिज्य महासंघले तत्काल ५० लाख रुपैयाँको राहत घोषणा गरेको छ ।

आइतबार राति आएको विनाशकारी हावाहुरी र वर्षात्बाट बारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघले दुःख व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेको हो ।

महासंघले विज्ञप्ति जारी गर्दै विपत्तिको यस घडीमा महासंघ, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश–२ च्याप्टर, त्यस क्षेत्रका महासंघका सदस्य, बारा र पर्सा उद्योग वाणिज्य संघहरूलाई अग्रभागमा रहेर जनताको सेवामा लाग्न अपिल पनि गरेको छ ।