बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, चैत १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय गौरवको बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा सरकारले चिनियाँ कम्पनीलाई दिएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।
नेपाली जनतासँग लगानी गर्न प्रशस्त पैसा हुँदा–हुँदै पनि चिनियाँ कम्पनीलाई आयोजना दिनु सरासर गलत भएको उनको भनाइ छ ।
सोमबार कपिलवस्तुको तौलिहवामा छैटौं प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै उनले वर्तमान सरकारले सबै क्षेत्रमा करै–कर लगाएर जनतामा निराशा बढाएको आरोपसमेत लगाए ।
सभापति देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै पहिलो पार्टी बन्ने ठोकुवा गर्दै कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन पनि दिए ।
१९ किलोको माला
लुम्बिनी, तिलौराकोट र रामग्राम, बुद्धको ऐतिहासिक स्थल विश्वमै प्रसिद्ध भएको बताउँदै उनले यसको प्रचार–प्रसार र सम्वर्द्धनमा जोड दिनुपर्ने उल्लेख गरे ।
सोक्रममा सभापति देउवालाई १९ किलोको फूलको माला पहिर्याएर स्वागत गरिएको थियो ।
तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा सन्चालित महोत्सव यही चैत ३० गतेसम्म चल्नेछ ।
तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले कपिलवस्तुको धार्मिक तथा ऐतिहासिक महत्व बोकेका बुद्ध स्थलहरुको पर्यटकीय विकास र कृषि क्षेत्रको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए ।









प्रतिक्रिया दिनुहोस्