१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


नियुक्ति बदर भएकाहरुलाई धमाधम पत्र थमाइँदै, क–कसले पाए पत्र !


0
Shares

काठमाडौं, असार २४ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारले बर्खास्त गरेका विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित १५ जनालाई नियुक्ति बदरको पत्र थमाएको छ ।

सरकारले १४ भदौदेखि २ फागुनसम्म भएका राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेपछि सञ्चार मन्त्रालयले उनीहरुलाई पत्र काटेको हो ।

१५ जनालाई नियुक्ति बदरको पत्र दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

नियुक्ति बदरको पत्र पाउनेमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, सदस्य हेमकुमार श्रेष्ठ, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्य गोविन्दबहादुर कोइराला र विमला भण्डारी छन् ।

यस्तै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सदस्य विजय देउजा, सेन्सर बोर्डका उमेश खड्का, देवीराम पराजुलीको नियुक्त पनि बदर भएको छ ।

नेपाल टेलिभिजनका सल्लाहकार किरण चित्रकार, राससका सञ्चालक समिति सदस्य एकराज पाठक, नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य गोविन्द धितालले पनि नियुक्ति बदरको चिठी पाएका छन् ।