Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


दोलखामा पुनर्निर्माण गर्न लागिएका ३३ प्रतिशत निजी घर अझै बन्न बाँँकी


0
Shares

दोलखा । भूकम्पपछिको निजी आवास पुनर्निर्माण सुरु भएको करिब ३ बर्ष पुग्नै लाग्दा दोलखामा अझै ३३ प्रतिशत घर निर्माण गर्न बाँकी छ ।

निजी आवास पुर्ननिर्माण सुरु भएको दोलखा जिल्लाका ३३ प्रतिशत भूकम्प प्रभावित नागरिक अझै अस्थायी टहरामा नै बसोबास गर्न बाध्य छन् ।

दोलखा जिल्लामा अनुदान सम्झौता भएको कूल लाभग्राहीहरुको तथ्याङ्कमध्ये ६६ दशमलब ८२ प्रतिशत निजी आवास पुर्ननिर्माणको काम सम्पन्न भएको पाइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाकी शाखा अधिकृत रिता लम्सालले सानातिना कारणले घर बनाउने काममा ढिलाइ भइरहेको जानकारी दिइन ।

निर्माण सामग्री अभाव र महंगीका कारण निजी आवास पुर्ननिर्माणमा ढिला भएको लाभग्राही दिलबहादुर केसीले बताए ।

असोजदेखि तेस्रो किस्ता अनुदान रोकिएका कारण पनि पुनर्निमार्णमा ढिलाई भएको लाभग्राहीहरुको गुनासो छ ।

चालु आर्थिक वर्षको ५ महिनामा मात्र करिब २० प्रतिशत निजी आवासको पुनर्निर्माण भएको प्राधिकरण कार्यालयले जनाएको छ ।