काठमाडौं, चैत १७ । सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृती दिन सम्बन्धित श्रम कार्यालयलाई निर्देशन दिएको छ । झण्डै १० महिनादेखि रोकिएको श्रम स्वीकृती दिन निर्देशन दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।
वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको हो ।
सरकारले मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा थप शुल्क लिएर ठगी गरेको भन्दै गत जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकिएको थियो । वैदेशिक रोजगार व्यवसायीहरुले ७ हजार कलिङ भिसा आएका कामदारको सूची मन्त्रालयमा बुझाएका छन् ।









प्रतिक्रिया दिनुहोस्