Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नीजि आवास अनुदानका लागि छुट तथा पुनः जाँच सर्वेक्षण सुरु


0
Shares

काठमाडौं, चैत १७ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षण सुरु गरेको छ ।

निजी आवास अनुदानको लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण सुरु भएको हो ।

प्राधिकरणबाट स्थानीय तहमा खटिएका तोकिएका इञ्जिनियर मार्फत् स्थलगत लगत संकलन सुरु गरिएको प्राधिकरणले जनाएको हो । केही जिल्लामा भने चैत २० बाट मात्र सर्वेक्षण सुरु हुने जनाइएको छ ।