२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


देवकोटा जयन्तीका अवसरमा राजधानीमा साहित्य सम्मेलन


0
Shares

काठमाडौं, कात्तिक १४ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

देवकोटाको जन्मजयन्तीको अवसरमा नेपाल सांस्कृतिक संघले राजधानीमा देवकोटाको स्मरणमा साहित्य सम्मेलन गरेको छ । कार्यक्रममा साहित्यकारहरुले नेपाली भाषा र साहित्यमा देवकोटाले पु¥याएको योगदानको स्मरण गरेका थिए ।

साहित्यकार मुकुन्द चालिसे, डा. शंकरराज पन्त, धनराज गरी, प्रभा भट्टराईलगायतले देवकोटाले सिङ्गो नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

सोही अवसरमा डिल्लीबजारमा रहेको देवकोटाको शालिकमा माल्यापर्णसमेत गरिएको थियो ।