२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


टेम्पोलाई ओभरटेक गर्दा बस र जिप ठोक्कियो, एकको मृत्यु, १९ यात्री घाइते


0
Shares

रत्नप्रसाद आचार्य (इमेज)
सुनसरी, कात्तिक १८ । धरानमा विहीबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अरु १९ जना यात्री घाइते भएका छन् ।

धरान–८ तीनकुनेमा विहीबार दिउँसो यात्रीबहाक बस र स्र्कापियो जिप एकापासमा ठोक्किँदा स्र्कापियोका चालक बराहक्षेत्र गाविस–६ का बाबुराम तामाङको मृत्यु भएको हो ।

धरानबाट इटहरी जाँदै गरेको को१च ८७७३ नम्बरको महेन्द्रनगर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको जिप र विपरीत दिशाबाट आउँदै गरेको मे१ख ९७४ नम्बरको बस ठोक्किएका हुन् ।

बसले टेम्पोलाई ओभरटेक गर्नेक्रममा जिपसँग ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक मेघराज अधिकारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका बसका यात्रीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।