
काठमाडौं, कात्तिक १८ । भारतका राष्ट्रपति प्रणव मुखर्जी र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच विहीबार राजधानीमा भेटवार्ता भएको छ ।
भेटका अवसरमा मुखर्जी र यादवबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।
राष्ट्रपति मुखर्जी र पूर्वराष्ट्रपति यादवबीच व्यक्तिगत मित्रतासमेत रहेको छ ।
अध्ययनका क्रममा यादव कोलकातामा रहँदा मुखर्जीसँग मित्रता कायम भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्