
काठमाडौं, कात्तिक १८ । भिक्षु तपस्सी धम्म र समित भन्तेले चारुमति बुद्ध विहारमा तीन महिने वर्षावास सम्पन्न गरेको अवसरमा विहीबार कथिन चीवरदान महोत्सव सम्पन्न भएको छ ।
चारुमति बुद्धिस्ट मिसन नेपाल चाबहिलको आयोजनामा भएको महोत्सवमा थाइल्यान्डस्थित धम्मकाय, वर्ल्र्ड फिलोसिप अफ बुद्धिष्ट युथका अध्यक्ष ड़ा. पोर्नचाइ पिनयापोंग र उपासक–उपासिकाहरुले बुद्ध पूजासहित कथिन चीवर र अष्ट परिस्कार दान गरेका थिए ।
महोत्सवमा स्वास्थ्यमन्त्री गगन थापाले भगवान बुद्धको उपदेशलाई सबैले आत्मसात गर्नुपर्ने बताउँदै स्वास्थ्य क्षेत्रमा सरकारले आमुल परिवर्तन गर्ने बताए ।
कार्यक्रमका अरु वक्ताहरुले चारुमति स्तुपा २३ सय वर्षअगाडि सम्राट अशोकको छोरी चारुमतिले निमार्ण गरेकाले स्तुपा बौद्ध धर्मावलम्बीहरुका आस्थाको केन्द्र भएको र स्तुपालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मागसमेत गरेका थिए ।
सो अवसरमा थाइल्यान्डबाट प्राप्त भगवान बुद्धको अस्थिधातु चारुमति बुद्ध विहारमा प्रतिस्थापन गरिएको थियो ।
अस्थिधातु प्रत्येक वर्ष बुद्धजयन्तीका दिन सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्