२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


टीकापुर पार्कमा झडप, सातजना घाइते


0
Shares

धनगढी, कात्तिक १८ । कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यानमा वनभोज खान गएका दुई समूहबीच विहीबार अपराह्न झडप हुँदा सातजना घाइते भएका छन् ।

बर्दियाको राजापुरबाट आएको टोली र टीकापुरको टोलीका सहभागीबीच एकापसमा कुटपिट हुँदा राजापुरका बसन्त चौधरी, कस्यप चौधरी, सागर चौधरी, दजित चौधरी, गणेश चौधरी रुनेश चौधरी र राधे चौधरी तथा टीकापुरका ध्वजबहादुर साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घाइते सबैलाई टीकापुर अस्पतालमा भर्ना गरिएको छ । रासस