५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


काठमाडौंमा मिथिला आर्ट प्रदर्शनी


0
Shares

काठमाडौं, चैत १६ । शनिबारदेखि काठमाडौंमा मिथिला आर्ट प्रदर्शनी सुरु भएको छ ।

नेपाल कला परिषद्मा भएको प्रदर्शनीमा दाइजो प्रथा, छुवाछूत, समानतालगायतका विषयमा बनाइएका चित्रहरु राखिएका छन् ।

प्रदर्शनीमा राखिएका सबै चित्र चित्रकार रञ्जु यादवले तयार पारेकी हुन् । मैथिली चित्रकलामा लामो समयदेखि सक्रिय यादवले आगामी दिनमा मैथिलीमात्र नभइ अरु चित्रहरु पनि बनाउने बताइन् ।

प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।