११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


गणबहालमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर


0
Shares

काठमाडौं, चैत १६ । नेपाल आदर्श विद्यार्थी परिवार गणबहालले शनिबार महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

महिलाहरुमा पाठेघर रोगको समस्या बढ्दै गएपछि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

एकदिने शिविरमा पाठेघर र स्तन परीक्षणलगायत स्त्रीरोगको परीक्षण गरी औषधि वितरण गरिएको छ ।

शिविरमा स्त्रीरोग विशेषज्ञबाट महिलाहरुलाई जनचेतनामूलक प्रशिक्षणसेमत दिइएको थियो ।