Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


लुगा धुने क्रममा डुबेर गर्भवतीको मृत्यु


0
Shares

कञ्चनपुर । बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ ।

नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

महिला छारे रोगबाट पीडित रहेकाले लुगा धुने क्रममा डुबेपछि उठन नसक्दा मृत्यु भएको हुनसक्ने उनले बताए ।

गत वर्षको पुसमा छोराको विवाह गरेको जानकारी दिँदै महिलाका ससुरा भजौरा रानाले भने “गर्भवती थिइन्, छारे रोग(मृगि)को औषधि सेवन गर्दै आएकी थिइन् ।” 

स्थानीयवासीले बुहारी डुबेको खबर गरेपछि नदीमा पुग्दा मृत्यु भइसकेको अवस्थामा फेला पारेको उनले बताए ।

मृतक महिलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ । रासस