नवीन सिंह (इमेज)
जनकपुरधाम, चैत १५ । प्रदेश नम्बर–२ मा पहिले नै प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको एसइई परीक्षाले विद्यार्थीहरुमा अर्को तनावको बोझ थपिएको छ ।
विद्यार्थीको भविष्य कोर्ने ढोकाकारुपमा लिइने एसइईको प्रश्नपत्र परीक्षा हुनुभन्दापहिले नै सामाजिक सञ्जाल र पसल–पसलमा छ्याप–छ्याप्ती भेटिएपछि समग्र परीक्षा प्रणालीको विश्वसनीयता र गोपनीयतामाथि नै गम्भीर आशंका उत्पन्न भएको हो ।
देशैभर सन्चालन भइरहेको एसइई परीक्षाको प्रश्नपत्र प्रदेश नम्बर–२ मा लगाताररुपमा परीक्षाअगावै बाहिरिन थालेपछि गम्भीर आशंका उत्पन्न भएको छ ।
बिहीबार विज्ञान विषयको प्रश्नपत्र पहिले नै बाहिरिइसकेको पुष्टि भएपछि परीक्षा रद्द गरिएको थियो ।
तर, शुक्रबार हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र पनि पहिले नै बाहिरिएपछि यसअघिका परीक्षा र आगामी परीक्षाको गोपनीयताबारे गम्भीर प्रश्न उठेको छ ।
नोक्सान
परीक्षा स्थगित भएको सूचनालगत्तै आन्दोलित भएका प्रदेश नम्बर–२ का विद्यार्थीहरुले ठाउँ–ठाउँमा आगजनी र ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।
परीक्षा रद्द भएपछि आक्रोशित बनेका विद्यार्थीले भने अरुको लापरबाहीले अनाहकमा आफूहरुलाई नोक्सान पुगेको टिप्पणी गरेका छन् ।
गोपनीयतामाथि प्रश्न
एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले यसरी शृंखलाबद्ध प्रश्न बाहिरिनुले यसअघिका परीक्षाको गोपनीयतामाथि प्रश्न उठेको टिप्पणी गरे ।
परीक्षामाथिको लापरबाहीप्रति छानबिन सूचना संकलन गरेर यसको सत्यतथ्य पत्ता लगाउने समिति संयोजक रमाकान्त शर्माको भनाइ छ ।
संघीय सरकारले लापरबाही गरेको आरोप
प्रदेश–२ का कानुनमन्त्री ज्ञानेन्द्र यादव भने प्रदेश–२ लाई बदनाम गराउन संघीय सरकारले गम्भीर लापरबाही गरेको आरोप लगाउँछन् ।









प्रतिक्रिया दिनुहोस्