Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


तलब नपाएपछि बागमती सिंचाईका कर्मचारी आन्दोलित (भिडियो)


0
Shares

रौतहट, चैत १५ । तीन महिनादेखि तलब नपाएपछि बागमती सिंचाई आयोजना सर्लाहीमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । सिंचाई आयोजना अर्कोमा गाभिएपछि तलब पाउनबाट वञ्चित कर्मचारी आान्दोलनमा उत्रेका हुन् ।

आर्थिक बर्ष ०३५÷३६ सालमा सर्लाही र रौतहटको करिब ४६ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यका साथ बागमती सिंचाई आयोजना स्थापना भएका थियो । जहाँ स्थापनाकालदेखि नै भर्ना भएका २०० कर्मचारीहरु हालसम्म अस्थायी रुपमै कार्यरत छन् ।

कर्मचारीको सेवा सुविधाको लागि आयोजनाले पटकपटक सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयमा सिफारिश गरे पनि कार्यान्वयन नहुँदा कर्मचारी पीडित बनेका हुन् । चालु अवस्थामा रहेको आयोजनालाई बाग्मती मनुस्मारा झाझ सिंचाई आयोजनामा गाभेपछि कार्यरत कर्मचारी तलबसुविधाबाट वञ्चित भएका हुन् ।

पेशाको सुनिश्चितता र आफूहरुले गरेको श्रमको मूल्य पाउनुपर्ने माग राख्दै उनीहरु चैत ३ गते देखि चरणबद्ध आन्दोलनमा उत्रेपछि कार्यालयको काम नै प्रभावित बनेको छ । चालु अवस्थामा रहेका कर्मचारीलाई अन्यत्र व्यवस्थापन गर्ने नाममा तलबसुबिधा बञ्चित गर्नु दुर्भाग्यपूर्ण रहेको सिंचाई विभाग अस्थायी करार कर्मचारी संगठनका अध्यक्ष केशब रेग्मीको भनाइ छ ।

त्यस्तै बाग्मती सिंचाई आयोजना अस्थायी कर्मचारी संगठनका अध्यक्ष अर्जुन प्रसाद कंडेलले अस्थायी कर्मचारीहरुलाई विस्थापन गर्ने उद्देश्यले अन्यत्र गाभ्ने प्रयास गरिएको टिप्पणी गरे । साथै सम्बन्धित पक्षले माग सम्बोधन नगरे सम्पूर्ण काम रोकेर आन्दोलनलाई सशक्त बनाउने उनको चेतावनी छ ।

जनचासोका कामै प्रभावित हुने गरी भइरहेको आन्दोलनको व्यवस्थापन गर्र्न सम्बन्धित पक्षले ढिलाइ गर्नुहुन्न ।

भिडियो हेर्नुहोस्