काठमाडौं, कात्तिक २८ । भारतीय ५ सय र एक हजार दरको नोट साट्ने र कालोबजारी बढेको भन्दै अर्थविद्हरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
उपत्यकासहित सीमावर्ती क्षेत्रमा सटहीको व्यापार बढेको भन्दै सर्वसाधारणलाई ठगीबाट बचाउन अर्र्थविद्हरुले ध्यानाकर्षण गराएका हुन् ।
अर्थविद् डा. शंकर शर्माले नेपाल राष्ट्र बैंकले उच्च अधिकारी भारत पठाएर तत्काल भारतीय रुपैयाँ साट्ने अनुमती लिनुपर्ने बताए ।
यस्तै अर्थविद् केशव आचार्यले भारतीय ५ सय र १ हजार दरको नोटमा भारतले लगाएको प्रतिबन्धले नेपालको अर्थतन्त्रमा असर नपार्ने भए पनि सर्वसाधारण मर्कामा परेको बताए ।
नेपाली बैंकिङ्ग क्षेत्रमा भारतीय ५ सय र १ हजार दरको नोट धेरै नभए पनि स्वास्थ्योपचारका लागिसहित विभिन्न प्रयोजनका लागि सर्वसाधारणसँग धेरै भारतीय रुपैयाँ रहेकाले त्यसको व्यवस्थापनतर्फ राष्ट्र बैंक र सरकार गम्भिर बन्नुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्