काठमाडौं, चैत १४ । लगानी सम्मेलनलाई लक्षित गर्दै निजी क्षेत्रले पनि सक्रियता बढाएको छ ।
लगानी सम्मेलनमा सहभागी हुन आएका विदेशी लगानीकर्तासँग निजी क्षेत्रका संस्थाले छलफल बढाएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सले चिनियाँ लगानीकर्तासँग नेपालमा लगानी भित्र्याउने विषयमा द्धिपक्षीय छलफल गरेको छ ।
छलफलमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले चिनियाँ लगानीकर्तालाई नेपालको कृषि, पर्यटन र ऊर्जामा लगानी गर्न आग्रह गरे ।
उनले नेपालमा उत्पादित हर्बल, ह्यान्डीक्राफ्टलगायतका वस्तुलाई चीनमा निर्यात गर्न स्थायीरुपमा प्रदर्शनी केन्द्र उपलब्ध गराइदिनसमेत आग्रह गरे ।
सोक्रममा चीनको युयान प्रान्तमा वाणिज्य विभागका निर्देशक युन लिनले आफूहरुले नेपालमा ‘ज्वाइन्टभेन्चर’मा कम्पनी स्थापना गर्न इच्छुक भएको बताए ।
चेम्बरले इजरायल, भियतनाम, म्यानमारलगायतका राजदूतहरुसँग नेपालमा लगानीको विषयमा छलफल गरेको छ ।
छलफलकाक्रममा चेम्बरले कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै प्रविधिमा लगानीका लागिसमेत विभिन्न राजदूतहरुमार्फत् लबिङ गरेको छ ।









प्रतिक्रिया दिनुहोस्