Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


फेवा नववर्ष महोत्सव हुने


0
Shares

पोखरा, चैत १४ । नेपाली संस्कृतिको संरक्षण तथा परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा नयाँवर्ष महोत्सव हुने भएको छ ।

पश्चिमाञ्चल होटल संघले फेवा नववर्ष महोत्सव आयोजना गर्न लागेको हो ।

बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष विकल तुलाचनले प्रदूषित र साँघुरिँदै गएको फेवातालको संरक्षण तथा नेपाली खाना र संस्कृति प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको जानकारी दिए ।

यही चैत २९ देखि आउँदो वैशाख १ गतेसम्म फेवातालको किनारस्थित कोमानेपार्कमा महोत्सव आयोजना हुने जनाइएको छ ।