Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


वीरगन्ज-पथलैया सडकलाई ६ लेनको बनाउने काम सुरु


0
Shares

वीरगन्ज, कात्तिक ३० । वीरगन्ज-पथलैया सडक खण्डलाई ६ लेनको बनाउने काम सुरु भएको छ ।

सडक विभाग, व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत वीरगंज-पथलैया सडकलाई ६ लेनको बनाउन थालिएको हो ।

५ अर्ब ६५ करोडको लागतमा पथलैयादेखि वीरगन्जसम्म २७ किलोमिटरको ब्यापारिक मार्ग सडक निर्माण गर्ने लक्ष्य छ ।

सडक आसपासको २५ मिटरभित्र पर्ने संरचनासमेत हटाउन थालेसँगै सडक निर्माणले गति लिन थालेको हो ।

सडकलाई ६ लेनको बनाउन स्थानीयलेसमेत सहयोग गरेपछि निर्माण कार्यले गति लिन थालेको सडक योजना प्रमुख रवीन्द्रलाल दासले बताए ।

६ लेनको मार्ग विस्तार कार्य योजनाअनुसार वीरगन्ज सुक्खा बन्दरगाह-परवानीपुर–११ किमी दूरीको लागि तीन प्याकेजमा २ अर्ब ३८ करोड र परवानीपुर-पथलैया करिब १६ किमी दूरीका लागि तीन प्याकेजमा ३ अर्ब २७ करोडको लागत स्टिमेटमा टेन्डर भएको थियो ।

सडक निर्माणका लागि नेपाल, भारत र चीनका ४४ वटा निर्माण कम्पनीले टेन्डर दर्ता गरे पनि नेपालकै चार वटा कम्पनीको स्वीकृत भएको थियो । यो सडकखण्ड पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।