Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


प्रधानमन्त्रीलाई २० कित्ता सेयर


0
Shares

काठमाडौं, चैत १४ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत् पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता सेयर परेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार आयोजित सेयर बाँडफाँट कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै सेयर परेको छ ।

यस्तै, ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाईसमेत २० कित्ता सेयर परेको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालकाअनुसार ५० हजार २६७ जनालाई जनही ३० कित्ता र एक लाख ५४ हजार ५५९ लाई भने २० कित्ता सेयर परेको छ ।

कुल ६७ आवेदन भने रद्द भएको छ ।

त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता सेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो । रासस