उदयपुर । राष्ट्रपति चुरे तराई मधेस संरक्षित क्षेत्रबाट नदीजन्य बस्तु ढुङ्गा चोरी निकासी गरिरहेको अवस्थामा वार्ड अध्यक्षको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
चौदण्डी गढीनगरपालिका–९ मा पर्ने भरौली (भिमा) खोलाबाट चोरी निकासी गर्दागर्दै सोही वडाध्यक्ष प्रकाश राउत र बासु खड्काको स १ त १५१० र स १ त १९३० नम्बरका दुई ट्राक्टरलार्इ इलाका प्रहरी कार्यालय बेलटारको गस्ती टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयको बेलटारले जनाएको छ ।
प्रारम्भिक वातावरण परिक्षण समेत नभएको राष्ट्रपति चुरे तराइ मधेस संरक्षण क्षेत्रबाट नदीजन्य बस्तु उत्खनन् चोरी निकासी गर्न नपाइने गैरकानुनी कदम भएको चौदण्डी उपप्रमुख रीता चौधरीले बताइन ।
वडाध्यक्ष राउतले भने आफूले वडाकार्यालय निर्माणका लागि ढुङ्गा ल्याएको बताएका छन् ।
वर्डा कार्यालय निर्माणका लागि यसअघि नै सगरमाथा निर्माण सेवाले टेण्डर प्रक्रियाबाट करिब ३४ लाखको लागतमा ठेक्का लिइ निर्माण प्रक्रिया सुरु भएको उपप्रमुख चौधरीले बताइन ।








प्रतिक्रिया दिनुहोस्