Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नियमपूर्वक राज्यलाई कर तिर्नुहोसः अर्थमन्त्री, को-को भए उत्कृष्ट करदाता ?


0
Shares

काठमाडौं, मंसिर १ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नियमपूर्वक राज्यलाई कर तिर्न सबैसँग आग्रह गरेका छन् ।

पाँचौं राष्ट्रिय कर दिवसका अवसरमा आज राजधानीमा गरिएको कार्यक्रममा उनले कर तिरेर राज्य निर्माणमा सहयोग गर्न पनि आग्रह गरे ।

कर छल्नेलाई राज्यले कडा कारबाही गर्ने नीति बनाउने तयारी गरिरहको भन्दै मन्त्री महराले कर तिर्नु सबैको कर्तव्य भएको बताए ।

उनले कर तिर्नका लागि उपयुक्त वातावरण बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

कार्यक्रममा उत्कृष्ट करदाताहरु सम्मानित भएका छन् । व्यक्तिगतरुपमा सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन् ।

त्यसैगरी सबैभन्दा बढी आयकर तिर्ने कम्पनी सूर्य नेपाल प्रालि भएको छ । कृषि तथा पशुपंक्षीमा सबैभन्दा बढी कर तिर्ने ओम फिड इन्ट्रष्टिज भएको छ ।

बढी कर तिर्ने निर्यातकर्ता डाबर नेपाल र सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा युनिलिभर प्रालि पनि सम्मानित भएका छन् ।

त्यसैगरी नबिल बैंक, राष्ट्रिय सहकारी बैंक पनि सम्मानित भएका छन् । सबैभन्दा बढी कर तिर्ने कम्पनीबाट नेपाल टेलिकम सम्मानित भएको छ ।

व्यापारतर्फ सिप्रदी ट्रेडिङ उत्कृष्ट करदाताबाट सम्मानित भएको छ । रेमिटेन्समा आईएमई, पर्यटन तर्फ तारागाउँ होटल लिमिटेड, बिमातर्फ लाईफ इन्स्योरेन्स सम्मानित भएका छन् ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट आन्तरिक राजश्व विभागका कर्मचारीलाई पनि सम्मानित गरिएको थियो ।

सोही अवसरमा आन्तरिक राजश्व विभागको मोबाईल एप्स र एसएमएस सेवाको पनि शुभारम्भ गरिएको थियो ।